राष्ट्र बैङ्कले शुक्रवार १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्दै
शुक्रबार, ०३ कात्तिक २०८०, १३ : ५०
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज शुक्रवार १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैङ्कले कात्तिक १० गते जारी गर्नेगरी २८ दिने, ९१ दिने र १८२ दिने र ३६४ दिने गरी चार किसिममा कूल १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो ।
तथापि, केन्द्रीय बैङ्कले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ४९ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैङ्कले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रवार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।
यसअघि केन्द्रीय बैङ्कले असोज २९ गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण