बीमकहरुलाई प्रादेशिक कार्यालयहरुमा अधिकार प्रत्यायोजन गर्न अध्यक्ष सिलवालको आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी (बीमक) हरुलाई आफ्ना प्रदेश तथा शाखा कार्यालयहरुलाई अधिकार प्रत्यायोजन गर्न आग्रह गरेका छन् । हिन्दुहरुको महान चाड दसैँ–तिहार तथा छठको उपलक्ष्यमा शुक्रबार ललितपुर स्थित प्राधिकरणको मुख्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘प्राधिकरण र बीमकहरू एकअर्काका परिपुरक भएकाले सोही अनुसार क्रियाकलापहरू अगाडि बढ्नु पर्यो । बीमकहरूले बजारमा देखिएको अविश्वास हटाउनु प¥यो’ आध्यक्ष सिलवालले भने, ‘बीमकहरुले प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुप¥यो ।’
सोही अवसरमा अध्यक्ष सिलवालले बीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतामा रहेर बीमालेखका प्रावधानहरूलाई सामान्यीकरण गर्नुपर्ने, बैधरूपमा मुनाफा हुने बाटो खोज्नु पर्नेदेखि बीमा बजारमा सकारात्मक परिवर्तन आउने गरी काम गर्नुपर्ने खाँचो समेत औल्याए ।
सिङ्गो बीमा व्यवसायको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको बताउँदै अध्यक्ष सिलवालले बीमकहरूले पनि सरकारलाई बीमाका बारेमा बुझाउन र वार्षिक बजेटमा बीमा शीर्षकमा सशर्त बजेट विनियोजन गर्न पहल गर्नुपर्ने उल्लेख गरे । यसो भएमा न्यून आय भएका बर्गको बीमा हुनुका साथै गरिवी न्यूनीकरणमा समेत टेवा पुग्ने उनको भनाइ छ ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै सिङ्गो बीमा व्यवसायलाई स्वच्छ एवम् मर्यादितरूपमा अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमक सङ्घ नेपाल तथा नेपाल बीमक सङ्घका पदाधिकारीहरू र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण