सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक : शशांक कोइराला

शनिबार, ०४ कात्तिक २०८०, ०९ : ०३
शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसको पूर्वमहामन्त्री डा शशांक कोइरालाले नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुसी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताएका छन् । 

बडा दसैँको शुभकामना दिँदै डा कोइरालाले दसैँ जस्ता महान् पर्वले नेपाल र नेपालीहरूमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभाव सहितको आत्मीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । कोइरालाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुसी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन यी महान्  पर्वहरू आशीर्वाद दिने विश्वास लिँदै सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप