रामायणका लागि केजिएफ स्टार यशले १५० करोड भारु लिने
मुम्बई । कन्नड सुपरस्टार यश बलिउडमा इन्ट्री गर्ने तयारीमा छन् । केजीएफ फ्रेन्चाइजीबाट विश्वव्यापी चर्चा कमाएका यशले निर्देशक नितेश तिवारीको महत्त्वाकांक्षी परियोजना रामायणका लागि अनुबन्ध भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार यो फिल्मका लागि यशले १ अर्ब ५० करोड भारु पारिश्रमिक लिँदैछन् । यो फिल्ममा रणवीर कपुर राम, साइ पल्लवी सिता र यश रावणको भूमिकामा हुनेछन् ।
फिल्मको सुटिङ आगामी वर्ष फेब्रुअरीदेखि सुरु हुने अनुमान गरिएको छ । यशले यो फिल्मलाई बलिउडमा प्रवेशको लागि रोजेको बताइएको छ । फिल्ममा उनको न्यूनतम फिस १ अर्ब भारु हुने र सुटिङ दिनमा बढ्यो भने यो बढेर १ अर्ब ५० करोड भारुसम्म पुग्न सक्ने बताइएको छ ।
यो फिल्ममा यश अलग्गै लुकमा देखिँदैछन् । यस फिल्मका लागि उनले आफ्नो फिजिकमा काम गर्न पनि सुरु गरिसकेका छन् । यशसँग यतिबेला रामायण बाहेक केजीएफ थ्री पनि हातमा छ । यो फिल्मको सुटिङ भने आगामी वर्ष अन्त्यसम्म सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण