पाकिस्तानी कलाकारले भारतमा फेरि काम गर्न पाउने भए
मुम्बई । गएको ७ वर्षदेखि भारतमा काम गर्न पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लाग्यो । प्रतिबन्धको असर माहिरा खान, फवाद खान, आतिफ अस्लम, अली जफर, जावेद शेख र राहत फतेह अली खान समेत कयौं ठूल्ठूला पाकिस्तानी कलाकारहरुसम्म पर्यो ।
तर बम्बई उच्च अदालतले हालै यो प्रतिबन्ध बढाउने मागसहितको एउटा याचिकालाई खारेज गरिदिएपछि पाकिस्तानी कलाकारहरूको भारतमा काम गर्ने बाटो फुकेको छ । यो प्रतिबन्धले सांस्कृतिक सद्भाव, एकता र शान्तिलाई बढावा नदिने ठहर गर्दै न्यायाधिशद्वय सुनील बी शुक्रे र फिरदौस पुनीवालाले याचिकालाई मञ्जुरी दिन अस्वीकार गरेका छन् । भारतमा काम गर्नबाट पाकिस्तानी कलाकारहरूलाई रोक्ने मागसहित फैजल अनवर कुरेशीले याचिका दायर गरेका थिए ।
यसमा पाकिस्तानी कलाकार, संगितकार, गायक, गितकार र टेक्निशियन समेतमाथि प्रतिबन्ध लगाउन र कुनै सम्बन्ध नराख्न माग गरिएको थियो । उनले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउन सूचना एवम् प्रशारण मन्त्रालय, विदेश मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिन माग समेत गरेका थिए । कला, संगीत, खेल, संस्कृति, नृत्य आदि गतिविधि राष्ट्रियताभन्दा पनि माथि रहेको र संस्कृतिले देशहरूबिच शान्ति, एकता र सद्भाव ल्याउन सक्ने फैसलामा भनिएको थियो । सन् २०१६ मा उरी हमलालगत्तै भारतले पाकिस्तानी कलाकारहरूमाथि बन्देज लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण