शान्ति र आपसी सद्भावका लागि विजयादशमीले सबैलाई प्रेरणा देओस् : पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।
बडादसैँका अवसरमा आज शुभकामना दिँदै उनले दुःखमा धैर्य र अभावमा पनि खुसी देखिन सक्नु नेपाली समाजको स्वभाव एवं चरित्र भएकाले महँगी र गरिबीमा पनि गच्छेअनुसारको आर्थिक र सामाजिक व्यवहार गर्दै खुसीयालीका साथ विजया दशमी मनाउन आग्रह गरेका हुन् ।
पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, “बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाजमा विशेष चाडका रूपमा विजयादशमी हर्षोल्लासका साथ मनाइन्छ, यस अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।”
उनले धार्मिक सहिष्णुता, जातीय सहअस्तित्व र साम्प्रदायिक सुसम्बन्ध उदाहरणीय रूपमा रहेको नेपाली समाजमा केही अलमल र खलबलका सङ्केत देखा पर्नु वाञ्छनीय नभएको उल्लेख गरेका छन् । पूर्वअध्यक्ष रेग्मीले भनेका छन्, “विकास, समृद्धि र सामाजिक रूपान्तरणका लागि नेपाली आवश्यकतालाई सम्बोधन गर्ने गरी अझ पनि सामाजिक तथा राजनीतिक वातावरण किन स्वच्छ हुन सकिरहेको छैन ? नेपाली समाजमा अहम् प्रश्नको रूपमा आज पनि रही रहनु सुखद पक्ष होइन ।”
सन्देशमा पूर्वअध्यक्ष रेग्मीले विजयादशमीले शान्ति, समृद्धि, आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सहकार्य र एकता अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् । उहाँले सबैमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामनासमेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण