साबिक विजेता इंग्ल्याण्डको कमजोर प्रदर्शन जारी
बैंग्लुरु । साबिक विजेता टोली इंग्ल्याण्डले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो कमजोर प्रदर्शन जारी राखेको छ । बिहीबार भएको खेलमा इंग्ल्याण्ड श्रीलंकाविरुद्ध ३३.२ ओभरमा १ सय ५६ रनमा अलआउट भएको हो ।
इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका हिर्काए । इंग्ल्याण्डले सुरुवात भने राम्रो गरेको थियो । ओपनरद्वय डेविड मलान र जोनी बेयरस्टोले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । मलानले २८ रन तथा बेयरस्टोले ३० रन बनाए ।
त्यसपछि भने इंग्ल्याण्डले लगातार विकेट गुमाउँदै गयो । मोइन अलीले १५ तथा डेभिड विलीले १४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
श्रीलंका लागि लाहिरु कुमाराले ३ तथा कासुन राजिथा र एन्जलो म्याथ्युजले २–२ विकेट लिए । जारी प्रतियोगितामा हालसम्म इंग्ल्याण्ड ४ खेलमा १ मा मात्र जीत हासिल गर्न सकेको छ भने ३ खेलमा पराजय बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण