समाचार
मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला
शुक्रबार, १० कात्तिक २०८०, १४ : ०२
सुर्खेत। मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका हुन्।
उनीहरूको हत्या भएको आशङ्का गरिएको छ। अहिले अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण