कोदालो प्रहार गरी बुवाको हत्या गर्ने पक्राउ
जनकपुरधाम । सर्लाहीमा छोराले कोदालो प्रहार गरी बुबाको हत्या गरेको छ । हरिवन नगरपालिका ३ डाबरीमा अन्दाजी वर्ष ३५ का छोरा गोकर्ण मैनालीले अन्दाजी वर्ष ८१ का बुवा ओम प्रसाद मैनालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।
गत बुधबार राति ८ बजेको समयमा छोरा गोकर्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका बुवा ओम प्रसादको उपचारको क्रममा मृत्यु भएको डीएसपी थारुले जनाए ।
छोराले कोदालो प्रहार गर्दा घाइतेको भएको बुवालाई छिमेकीले बिहीबार बिहान देखेपछि हरिवनस्थित नमुना अस्पतालमा भर्ना गराइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज रेफर गरिएकोमा सोही राति करिब १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी थारूले बताए ।
घरायसी विवाद हुँदा कोदालो प्रहार गरी बुवाको हत्या गरेको छोरा गोकर्णलाई प्रहरीले आज दिउँसो ३ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । ओमप्रसादको माइलो छोरा गोकर्ण भारतमा मजदुरी गरेर आफ्नो जीवनयापन गरिरहेका थिए । दसैँ मान्न घर आएका उनी अविवाहित हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण