कानुन तर्जुमाका लागि सुझाव पेस गर्न समिति गठन
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा, सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपाल (सदस्य), उपसचिव विशाल सापकोटा (सदस्य सचिव), राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा (सदस्य) र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँ (सदस्य) रहने गरी शुक्रबार समिति गठन गरिएको हो ।
प्रदेश र स्थानीय तहले सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन बनाउँदा कतिपय अवस्थामा अधिकार, जिम्मेवारी र कार्यक्षेत्र खप्टिने, निर्माण गरिएका कानुन कार्यविधि कार्यान्वयन गर्न असहजता हुने, अन्तर तह र निकाय ठाडो र क्षितिजीय समन्वय र सहकार्य गर्न कठिनाइ हुने तथा कतिपय अवस्थामा एक–अर्का कानुनबीच तादम्यता कायम हुन नसकी जटिलता सिर्जनासमेत भएका विषयमा त्यस्ता कानुन कार्यविधि तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि र निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिको पहिलो बैठक यही कात्तिक १३ गते बस्ने भएको छ ।
समितिको कार्यादेश तहगत कार्यक्षेत्रमा रही सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन तर्जुमा एवं कार्यान्वयन गर्दा द्विविधा उत्पन्न भएका विषयको पहिचान गर्ने र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित विज्ञलाई समितिको बैठकमा आमन्त्रितको रुपमा समावेश गराई राय सङ्कलन गर्ने रहेको छ । त्यसैगरी पत्रकार महासङ्घ र पत्रकारितासँग सम्बन्धित पदाधिकारीसँग छलफल तथा अन्तक्रिया गर्ने र तीन महिनाभित्रमा मन्त्रालय समक्ष प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण