विश्वकपमा दर्शक संख्या ४३ प्रतिशतले वृद्धि
नयाँ दिल्ली । भारतमा जारी एकदिवसीय विश्वकपको टिभी दर्शकमा ४३ प्रतिशतले वृद्धि भएको छ । यो तथ्यांक सन् २०२३ को विश्वकपको आधिकारिक प्रायोजक स्टार स्पोर्ट्स र आईसीसीले सार्वजनिक गरेको हो ।
विश्वकपको पहिलो १८ खेलमा ब्रोडकास्टरले कुल १२ हजार ३८० करोड मिनेटको ‘वाचटाइम’ प्राप्त गरेको छ । यो २०१९ एकदिवसीय विश्वकपको पहिलो १८ खेल भन्दा ४३% बढी हो।
यस पटक सुरुका १८ खेल हेर्न कुल ५.४२ लाख मानिस स्टेडियममा पुगेका थिए । यो पछिल्लो पटक इंग्ल्याण्डमा भएको विश्वकपको तुलनामा १.९० लाख बढी हो ।
प्रतियोगिताको पहिलो १८ खेलहरू ३६.४ करोड दर्शकहरूले टिभीमा प्रत्यक्ष हेरेका थिए। डिजिटल प्लेटफर्म डिज्नी हटस्टारमा कुनै एक खेलको लागि एकै पटकमा सबैभन्दा धेरै दर्शकहरू अक्टोबर २२ मा भारत-न्युजिल्यान्ड खेलमा रेकर्ड गरिएको थियो। एकै समयमा ४.३ करोड मानिसले लाइभ हेरेका थिए ।
यो डिजिटल प्लेटफर्ममा कुनै पनि समय क्रिकेटको कुनै पनि ढाँचामा सबैभन्दा धेरैले हेरिएको म्याच हो। यसअघि यो कीर्तिमान १४ अक्टोबरमा भारत–पाकिस्तान खेलमा बनेको थियो । यसलाई एकै पटक ३.५ करोड मानिसले हेरेका थिए । यो खेलका कूल दर्शक ७.६ करोड थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण