शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मादक पदार्थ सेवन गरेर हत्या गर्ने दुई जना पक्राउ

शनिबार, ११ कात्तिक २०८०, १६ : २८
शनिबार, ११ कात्तिक २०८०

सोलुखुम्बु । सोलुखुम्बुमा एक जना पुरुषको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै-झगडामा सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै-झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप