आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
जीवनशैली

चीनमा फस्टाइरहेको ‘बाइक सेयरिङ’ व्यवसाय

आइतबार, १२ कात्तिक २०८०, ०९ : ०५
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । ‘जुहाई सहरका फराकिला सडक छेउछाउमा बाइक (मोटरसाइकल–साइकल) देख्दै हुनुहुन्छ,’ टुर गाइड अना भन्छिन्, ‘यी बाइक चढ्न वीच्याटबाट क्यूआर गर्नुपर्छ र जो कोहीले प्रयोग गर्न सक्छ ।’

सहरको मध्यभागबाट जुहाई इन्टरनेशनल सर्किटतर्फ जाँदैगर्दा टुर गाइड अनाले थपिन्, ‘चीनमा पछिल्लो समय बाइक सेयरिङ व्यवसाय फस्टाउँदैछ । कम्पनीअनुसार सेयरिङमा राखिएका बाइकका फरक–फरक रङ हुन्छन् ।’

चीनमा फस्टाइरहेको ‘बाइक सेयरिङ बिजनेस’ विश्वभर उदाइरहेको राइड सेयरिङ कम्पनी भने होइन । राइड सेयरिङ व्यवसायमा अनलाइनमार्फत आफ्नो गन्तव्य बुक गरेर यात्रा तय गर्न सकिन्छ । यो व्यवसायमा कम्पनीहरुले ट्याक्सी, बाइक र कार हायर गर्छन् । र, ती साधनलाई आफ्नो प्लेटफर्म दिएर सेवाग्राहीलाई सेवा उपलब्ध गराउँछन् । जसमा प्रत्येक साधनमा चालक हुन्छन् । तर, चीनको ‘बाइक सेयरिङ बिजनेस’मा स्वयंले सडक छेउछाउमा राखिएका साधन लिएर हिँड्न मिल्छ । राइड सेयरिङका लागि भने चीनमा ‘डीडी’ भन्ने कम्पनी छ ।

सडक छेउमा सरकारले बनाएको पार्किङस्थलमा लहरै राखिने प्रत्येक बाइकमा क्यूआर कोड राखिन्छ । वीच्याट एकाउन्टबाट क्यूआर गरेपछि बाइक अनलक्ड हुन्छ ।

‘चीनका मूख्य सहरमा पछिल्लो समय निकै फस्टाएको व्यवसाय हो यो,’ अंग्रेजीमा उनले थप्दै गइन्, ‘तपाईसँग मोबाइल हुनुपर्छ । मोबाइलमा वीच्याट, अलिपे वा अन्य चिनियाँ लगानीका मोबाइल वालेट एप हुनुपर्छ । क्यूआर गर्नुस् र आफ्नो गन्तव्यसम्म बाइक (साइकल) लिएर जानुहोस् र त्यहाँको पार्किङ एरियामा छाड्नुहोस् ।’

उनका अनुसार चीनको लोकप्रिय र ठूलो सामाजिक सञ्जाल वीच्याट एकाउन्टबाट सडक छेउछाउमा राखिएका बाइक सहजै प्रयोग गर्न सकिन्छ । ‘सडक छेउमा सरकारले बनाएको पार्किङस्थलमा लहरै राखिने प्रत्येक बाइकमा क्यूआर कोड राखिन्छ । वीच्याट एकाउन्टबाट क्यूआर गरेपछि बाइक अनलक्ड हुन्छ,’ अनाले भनिन् ।

सन् २०१६ देखि चीनका मूख्य सहरमा जोडतोडले बाइक सेयरिङ व्यवसाय फस्टाइरहेको छ । सन् २०१८ मा चीनका फुटपाथमा सेयरिङका लागि राखिने बाइकको संख्या २० मिलियनभन्दा धेरै पुगिसकेको थियो । फस्टाइरहेको यो व्यवसायमा चीनका युवा पुस्ताको लगानीमा ७७ भन्दा धेरै कम्पनी स्थापना भइसकेका छन् । र, यस्ता कम्पनीलाई सहयोग गर्नका लागि भेञ्चर क्यापिटल समेत सक्रिय रहेको अनाको भनाइ छ । यो छोटो समयमा चीनले बाइक सेयरिङ व्यवसायमा ठूला कम्पनीको उदय र पतन भोगिसकेको छ ।

यद्यपि, सन् २०१६ देखि सुरु भएको बाइक सेयरिङ व्यवसाय सन् २०१३ मा आइपुग्दा ठुला ‘टेक जायन्ट’मा परिवर्तन भइसकेका छन् भने बजार निरन्तर बढ्दो अवस्थामा छ । तथ्याङ्कसम्बन्धी जानकारी दिने ‘स्टाटिस्टा’ वेबसाइटका अनुसार यो व्यवसायले चीनमा ३१ प्रतिशतभन्दा धेरैको बजार हिस्सा लिइसकेको छ । जुन, सन् २०१७ यता ५० प्रतिशतसम्मले बजार हिस्सामा आएको वृद्धि हो ।

यस्तै, प्रति प्रयोगकर्ताबाट उठ्ने सरदर राजस्व समेत ६.२४ युआनबाट बढेर १०.८१ युआन पुगिसकेको तथ्याङ्क छ । सन् २०२२ को तथ्याङ्कअनुसार चीनको बाइक सेयरिङ व्यवसाय ५.७ बिलियन अमेरिकी डलर बजारमूल्यसहित विश्वमै अग्रणी स्थानमा छ, जुन भारतीय बाइक सेयरिङ बजारको तुलनामा ५ गुणाभन्दा बढी हो ।

चीनमा बाइक सेयरिङको सुरुवात

स्मार्टफोनबाट क्यूआर गरेपछि स्वतः अनलक्ड हुने बाइक सेयरिङ व्यवसाय चीनम मूख्य दुई कम्पनी ‘मोबाइक’ र ‘ओएफओ’बाट सुरु भएको थियो । जबकि, यी दुई कम्पनीको बाइक भने चीनका फुटपाथमा सेयरिङका लागि भेट्न छाडिएको छ । ओएफओ चीनको बाइक सेयरिङ उद्योगको पायोनियर कम्पनी थियो । सन् २०१४ मा स्थापना भएको यो कम्पनीको आइडिया चीनमा साधन नभएका पैदलयात्री र विद्यार्थीलाई फलदायी बन्यो ।

हाल चीनमा मेइतुवान बाइक, हेल्लो बाइक र क्विङ्जु बाइक ‘बाइक सेयरिङ व्यवसाय’मा मूख्य तीन ठूला कम्पनी हुन् । कम्पनीअनुसार बाइक सेयरिङका लागि छुट्टाछुट्टै रकम भुक्तान गर्नुपर्छ । मेइतुवान बाइक र हेल्लो बाइकमा प्रति आधाघन्टा १.५ युआन भुक्तान गर्नुपर्छ भने क्विङ्जुमा प्रति आधा घन्टा १ युवानमै यात्रा गर्न सकिन्छ ।

सुरुवातको समयमा बाइकधनीहरुले पनि कम्पनीमार्फत आफ्नो साधन सेयरिङमा राख्न सक्थे । तर, कम्पनी ठूलो बन्दै गएपछि २५० युआनमा आफ्नै बाइक उत्पादन ग¥यो र पहेँलो रङ पोतेर क्यूआरमार्फत अनलक्ड गर्न मिल्ने व्यवस्था ग¥यो । तर चीनमा बाइक सेयरिङ व्यवसाय सुरु गर्ने यो कम्पनी सन् २०१९ मा टाट पल्टियो र सन् २०२० मा बन्द भयो ।

यस्तै, चिनियाँ लगानीकर्ता फर्म टेन्सेन्टको लगानीमा सन् २०१५ मा स्थापना भएको मोबाइक थियो । कम्पनीले सेयरिङका लागि राखेको आफ्ना बाइकको टायरमा सुन्तला रङ लगाएको थियो । सुरुवातमा कम्पनीले ६ हजार युआन लागतमा बाइक उत्पादन सुरु गरे पनि परिमाण बढ्दै गएपछि २०० युआनसम्ममा बाइक उत्पादन थाल्यो । चीनको दोस्रो कम्पनीका रुपमा स्थापित बाइक सेयरिङ कम्पनी अहिले पनि सञ्चालनमा छ । तर, सन् २०१८ मा मेइतुवानले अधिग्रहण गरेपछि मेइतुवान बाइक रिब्राण्ड गरेको थियो ।

हाल चीनमा मेइतुवान बाइक, हेल्लो बाइक र क्विङ्जु बाइक ‘बाइक सेयरिङ व्यवसाय’मा मूख्य तीन ठूला कम्पनी हुन् । कम्पनीअनुसार बाइक सेयरिङका लागि छुट्टाछुट्टै रकम भुक्तान गर्नुपर्छ । मेइतुवान बाइक र हेल्लो बाइकमा प्रति आधाघन्टा १.५ युआन भुक्तान गर्नुपर्छ भने क्विङ्जुमा प्रति आधा घन्टा १ युवानमै यात्रा गर्न सकिन्छ । यसबाहेक, कम्पनीहरुले मासिक र साप्ताहिक प्याकेज समेत राख्छन् । सरकारले बनाइदिएको पार्किङ स्थालमा लहरै राखिने बाइक सेयरिङ व्यवसायी विस्तारै ‘कार सेयरिङ’तर्फ लम्किरहेको समेत अनाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप