मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
आयात/निर्यात

नेपालको आयात बढ्दा निर्यात ऋणात्मक, व्यापार घाटामा २ प्रतिशतको वृद्धि

आइतबार, १२ कात्तिक २०८०, १३ : ०२
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालको आयात १.६९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८०÷८१ को साउनदेखि असोज महिनासम्मको अवधिमा आयात १.६९ प्रतिशतले बढेको हो ।

आयातमा आएको सामान्य वृद्धिसँगै ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँको आयात भएको थियो ।

यस्तै, नेपालको निर्यात भने अझै ऋणात्मक स्थितिमा देखिएको छ । तीन महिनाको अवधिमा निर्यात २.२६ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो ।

निर्यात खुम्चिए पनि आयात बढ्दा समग्र वैदेशिक व्यापारमा भने १.३१ प्रतिशतको वृद्धि आएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

साउनदेखि असोज महिनासम्मको अवधिमा व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ छ । जुन, गत वर्षको सोही अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप