नेपालको आयात बढ्दा निर्यात ऋणात्मक, व्यापार घाटामा २ प्रतिशतको वृद्धि
काठमाडौँ । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालको आयात १.६९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८०÷८१ को साउनदेखि असोज महिनासम्मको अवधिमा आयात १.६९ प्रतिशतले बढेको हो ।
आयातमा आएको सामान्य वृद्धिसँगै ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँको आयात भएको थियो ।
यस्तै, नेपालको निर्यात भने अझै ऋणात्मक स्थितिमा देखिएको छ । तीन महिनाको अवधिमा निर्यात २.२६ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो ।
निर्यात खुम्चिए पनि आयात बढ्दा समग्र वैदेशिक व्यापारमा भने १.३१ प्रतिशतको वृद्धि आएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
साउनदेखि असोज महिनासम्मको अवधिमा व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ छ । जुन, गत वर्षको सोही अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण