राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे सभामुखबाट जानकारी
सोमबार, १३ कात्तिक २०८०, १६ : ५४
काठमाडौँ । सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे जानकारी लिएका छन् । सभामुख घिमिरेले सोमबार साँझ संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गर्दै तयारीबारे जानकारी लिएका हुन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार साँझ चार बजे संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखले संसद् सचिवालयका उच्च अधिकारीहरुलाई व्यवस्थापन पक्षमा त्रुटिरहित सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।
सभामुख घिमिरेलेलाई संसद सचिवालयका महासचिव डा.भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रियसभा सचिव डा.सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण