सुनको मूल्य घट्दा चाँदीको बढ्यो
मङ्गलबार, १४ कात्तिक २०८०, ११ : ४६
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घट्दा चाँदीको भने बढेको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।
तोलामा ५०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । १० रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण