आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

मङ्गलबार, १४ कात्तिक २०८०, ११ : ४६
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घट्दा चाँदीको भने बढेको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

तोलामा ५०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । १० रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप