आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बिहे गर्ने योजनामा कार्तिक आर्यन ?

मङ्गलबार, १४ कात्तिक २०८०, १३ : ४४
मङ्गलबार, १४ कात्तिक २०८०

मुम्बई । भारतीय अभिनेता कार्तिक आर्यनको फिमेल फ्यान फलोइङ राम्रो छ । यसैबीच कार्तिक आर्यनले बिहे गर्ने योजना बनाएको खबरहरु बाहिरिएका  छन् । उनको मनकी रानी को होला ? यो चाँहि अहिलेसम्म खुलाएका छैनन् । 

हालै एउटा अवार्ड शोमा उनको गर्लफ्रेन्ड को हो भनेर सोधिएको थियो । सोको उत्तरमा उनले आफू सिंगल भएको बताए । उनलाई कस्तो केटी चाहिएको छ भनेर सोधिएको प्रश्नकोे उत्तरमा चाँहि करिना कपुर खानको जस्तो लुक र ह्युमर रविना टन्डनको जस्तो हुनु पर्ने जवाफ आयो । करिनालाई कार्तिक ड्रिम गर्ल बताउँछन् ।

आफूले बिहे गर्ने केटी प्रियंका चोपडा जत्तिकै प्रतिभाशाली अनि धनी पनि उनी जत्तिकै होस् भन्ने उनको चाहना थियो । कार्तिकको यो भिडियो निकै भाइरल छ । यो सबै उनले जिस्किएर भनेका थिए । कार्तिक हालै मात्रै कियारा आडवाणीसँग सत्यप्रेम की कथा फिल्ममा देखिएका थिए । हाल कार्तिक आगामी फिल्म चन्दु च्याम्पियनमा काम गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप