बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बिरयानी नभएको भन्दै पाकिस्तानी टोलीले खाना खान मानेनन् : भारतीय मिडिया

बुधबार, १५ कात्तिक २०८०, १० : ०९
बुधबार, १५ कात्तिक २०८०

कोलकाता । विश्वकप २०२३ मा पाकिस्तानी क्रिकेट टोलीको बिरयानी प्रेमबारे भारतीय मिडियाहरूमा खुबै चर्चा भइरहेको छ । कोलकातामा होटलको मेन्युमा बिरयानी नभएको भन्दै पाकिस्तानी खेलाडीहरूले खाना खान नै अस्वीकार गरेको दाबी समेत गरिएको हो । मिडिया रिपोर्टका अनुसार त्यसपछि पाकिस्तानी टोलीले फूड डेलिभरी एपको मद्दतले चाप, फिरनी, कबाब र बिरयानी अर्डर गरेका थिए ।

बंगलादेशसँग खेल्न टोली दुई दिनअघि कोलकाता पुगेको थियो । यसबारे टोलीको तर्फबाट औपचारिक बयान भने आएको छैन ।  यसअघि टोलीले हैदराबादको बिरयानीको मज्जा लिएका थिए । अभ्यास खेलमा टोलीले त्यहाँ नेदरल्याण्ड्स र श्रीलङ्कालाई हराएको थियो ।

विश्वकप सुरु हुनुभन्दा ठिक अघि पाकिस्तानका अलराउन्डर शादाब खानले पनि टोलीको खराब फिल्डिङको कारण बिरयानी पनि एक कारण भएको बताएका थिए । 

अभ्यास खेलमा अस्ट्रेलियासँग हारेपछि जब कमेन्टेटर हर्षा भोगलेले शादाबसँग हैदराबादी बिरयानीको बारेमा सोधेका थिए । जवाफमा उनले आफूहरूले हरेक दिन बिरयानी खाइरहेको र यसले गर्दा खेलाडीहरू मैदानमा केही सुस्त भइरहेको बताएका थिए ।

पूर्व दिग्गज बलर वसिम अक्रमले विश्वकपअघि पाकिस्तानी टोलीको फिटनेस र खानपानबारे चिन्ता व्यक्त गरेका थिए । उनले पाकिस्तानलाई टोलीलाई सबैभन्दा अनफिट टोली करार समेत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप