बिरयानी नभएको भन्दै पाकिस्तानी टोलीले खाना खान मानेनन् : भारतीय मिडिया
कोलकाता । विश्वकप २०२३ मा पाकिस्तानी क्रिकेट टोलीको बिरयानी प्रेमबारे भारतीय मिडियाहरूमा खुबै चर्चा भइरहेको छ । कोलकातामा होटलको मेन्युमा बिरयानी नभएको भन्दै पाकिस्तानी खेलाडीहरूले खाना खान नै अस्वीकार गरेको दाबी समेत गरिएको हो । मिडिया रिपोर्टका अनुसार त्यसपछि पाकिस्तानी टोलीले फूड डेलिभरी एपको मद्दतले चाप, फिरनी, कबाब र बिरयानी अर्डर गरेका थिए ।
बंगलादेशसँग खेल्न टोली दुई दिनअघि कोलकाता पुगेको थियो । यसबारे टोलीको तर्फबाट औपचारिक बयान भने आएको छैन । यसअघि टोलीले हैदराबादको बिरयानीको मज्जा लिएका थिए । अभ्यास खेलमा टोलीले त्यहाँ नेदरल्याण्ड्स र श्रीलङ्कालाई हराएको थियो ।
विश्वकप सुरु हुनुभन्दा ठिक अघि पाकिस्तानका अलराउन्डर शादाब खानले पनि टोलीको खराब फिल्डिङको कारण बिरयानी पनि एक कारण भएको बताएका थिए ।
अभ्यास खेलमा अस्ट्रेलियासँग हारेपछि जब कमेन्टेटर हर्षा भोगलेले शादाबसँग हैदराबादी बिरयानीको बारेमा सोधेका थिए । जवाफमा उनले आफूहरूले हरेक दिन बिरयानी खाइरहेको र यसले गर्दा खेलाडीहरू मैदानमा केही सुस्त भइरहेको बताएका थिए ।
पूर्व दिग्गज बलर वसिम अक्रमले विश्वकपअघि पाकिस्तानी टोलीको फिटनेस र खानपानबारे चिन्ता व्यक्त गरेका थिए । उनले पाकिस्तानलाई टोलीलाई सबैभन्दा अनफिट टोली करार समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण