राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
काठमाडौँ । राष्ट्रपतिबाट कैद मिनाहा पाएको पाँच महिनामा चितवनबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ बस्दै आएका रामचन्द्र थापा छन् ।
५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले रातोपाटीलाई बताए । रामचन्द्र थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोरालाई अपहरण र हत्या गर्ने धम्की दिएर २५ लाख फिरौती मागेका हुन् ।
उनी गत जेठ १४ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैदमुक्त भएका थिए । थापा विरुद्ध पछिल्लोपटक २०७५ मंसिर १३ मा जिल्ला प्र्रहरी कार्यालय चितवनमा डाकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । सो मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरेर कारागार कार्यालय चितवनबाट थुनामुक्त भएका हुन् ।
कर्तिक ८ मा साँझ उनले सुवेदीलाई टेलिफोन गरेर हिन्दी भाषामा धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रामचन्द्र थापाविरुद्ध चितवनबाट ३ वटा र जिल्ला प्रहरी परिसर ललितपुरबाट एउटा मुद्दा चलेको थियो । थापा विरुद्ध २०६६ मा चोरी र अवैध हतियार देखाएर डाँका गरेको मुद्दा दर्ता भएको थियो । २०७३ मा जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्ध लागुऔषध मुद्दा र २०७५ मा चिल्ला प्रहरी कार्यालय चितवनले डाँका मुद्दा चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण