शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ

बुधबार, १५ कात्तिक २०८०, ११ : १८
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रपतिबाट कैद मिनाहा पाएको पाँच महिनामा चितवनबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ बस्दै आएका रामचन्द्र थापा छन् ।

५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले रातोपाटीलाई बताए । रामचन्द्र थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोरालाई अपहरण र हत्या गर्ने धम्की दिएर २५ लाख फिरौती मागेका हुन् ।

उनी गत जेठ १४ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैदमुक्त भएका थिए । थापा विरुद्ध पछिल्लोपटक २०७५ मंसिर १३ मा जिल्ला प्र्रहरी कार्यालय चितवनमा डाकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । सो मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरेर कारागार कार्यालय चितवनबाट थुनामुक्त भएका हुन् ।

कर्तिक ८ मा साँझ उनले सुवेदीलाई टेलिफोन गरेर हिन्दी भाषामा धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रामचन्द्र थापाविरुद्ध चितवनबाट ३ वटा र जिल्ला प्रहरी परिसर ललितपुरबाट एउटा मुद्दा चलेको थियो । थापा विरुद्ध २०६६ मा चोरी र अवैध हतियार देखाएर डाँका गरेको मुद्दा दर्ता भएको थियो । २०७३ मा जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्ध लागुऔषध मुद्दा र २०७५ मा चिल्ला प्रहरी कार्यालय चितवनले डाँका मुद्दा चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप