प्रचण्डसमक्ष तीन प्रदेशको रिपोर्टिङ–अभियान उत्साहजनक छ
काठमाडौँ । जनतासँग माओवादी विशेष अभियान अन्तर्गत बागमती प्रदेशले अहिलेसम्म भएका कार्यप्रगतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष रिपोर्टिङ गरेको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त बैठकमा कार्यप्रगति सम्बन्धमा संक्षिप्त जानकारी गराइएका थिए ।
अध्यक्ष प्रचण्डको उपस्थितिमा बसेको बैठकमा सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा र उपत्यका प्रदेशका इन्चार्ज वर्षमान पुन सहभागी थिए । तीन वटै प्रदेशका इन्चार्जले अहिलेसम्म भएका गतिविधिबारे अध्यक्षलाई जानकारी गराइएको सम्पर्क समन्वय प्रदेशका इन्चार्ज पोखरेलले जानकारी दिए ।
‘बैठकमा अध्यक्षज्यूले देशभर भइरहेका अभियानको गतिविधिबारे संक्षिप्त जानकारी गराउनुभयो । हामीले पनि आ–आफ्नो प्रदेशका स्थितिबारे उहाँसमक्ष जानकारी गरायौँ । अहिलेसम्मको स्थिति हेर्दा अभियान सफल भएको छ । यसले पार्टी बलियो बनाउन मद्दत गरेको छ । समग्रमा अभियान सन्तोषजनक रहेको हामी सबैलाई अनुभूति भएको छ’, रातोपाटीसँग पोखरेलले भने ।
संयुक्त बैठकमा बागमती प्रदेशमा अभियानले पारेको प्रभाव, सङ्गठनात्मक स्थिति र जनपरिचालन गर्ने सम्बन्धमा समीक्षा भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण