सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो
बिहीबार, १६ कात्तिक २०८०, १० : ४२
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण