कर्णालीमा कांग्रेसले ‘जागरण अभियान’ सञ्चालन गर्दै
सुर्खेत । नेपाली कांग्रेसले कर्णालीमा जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार सल्यानको सदरमुकाममा बसेको प्रदेश कमिटीको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
कांग्रेसका प्रदेश कमिटी सभापति ललितजंग शाहीको सभापतित्वमा ११ औँ नियमित एवं तेस्रो घुम्ती बैठक सल्यान खलङ्गामा बसेको थियो । उक्त बैठकले कर्णालीका कांग्रेसलाई सुदृढ र बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता दमन शाहीले जानकारी दिए ।
‘कर्णाली प्रदेशका सबै जिल्लामा कांग्रेसलाई बलियो बनाउन ‘सुदृढ कांग्रेस, समृद्ध कर्णाली भन्ने’ मूल नाराका साथ उक्त अभियान चलाइने छ,’ शाहीले भने, ‘यो अभियानले पार्टीलाई रूपान्तरण गर्ने विश्वास हाम्रो छ ।’
पार्टी सङ्गठन चलायमान बनाउन नेता, कार्यकर्ता भेटघाट, मातहतका कार्य समितिका बैठक बस्ने, अग्रज नेताहरूसँग भेट्ने, निर्वाचित जनप्रतिनिधिहरूलाई नागरिकको पक्षमा काम गर्न प्रेरित गर्ने काम अभियानका क्रममा हुनेछन् ।
साथै भ्रष्टाचार मुक्त समाज निर्माण गर्न नेता, कार्यकर्तालाई परिचालन गरिने पनि शाहीले बताए । यस्तै कांग्रेसले गरेका जनमुखी कामहरू पनि जनतालाई बुझाउने काम अभियानको क्रममा हुने छ ।
त्यसका लागि पार्टीका सबै भातृ र शुभेच्छुक संस्थालाई प्रदेशभर परिचालित हुन् निर्देशन समेत दिइएको शाहीको भनाइ छ । यद्यपि अभियानको मिति भने तोकिएको छैन । प्रवक्ता शाहीका अनुसार यसपछि बस्ने पदाधिकारीको बैठकले अभियानको मिति तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण