अर्थतन्त्र अनिश्चितताको भुमरीमा परेको छ - गभर्नर अधिकारी
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चितको भुमरीमा परेको बताएका छन् । उनले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा अन्तर्राष्ट्रियसँगै आन्तरिक समस्या देखिएको बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औं वार्षिकोत्सव साधारण सभामा सम्बोधन गर्दै गभर्नर अधिकारीले बाह्य क्षेत्र सकारात्मक हुँदा त्यसको फाइदा लिन सक्नु पर्ने बताए । सप्लाई चेन र बजार मूल्य निर्धारणको कारण मुद्रास्मृती बढ्ने गरेको बताए ।
गभर्ननरले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर बजारका समस्या समाधान गरेमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। ‘पर्यटन क्षेत्र सकारात्मक रूपमा अघि बढेको छ। पर्यटन पूर्वाधार थप गर्न सहयोग पुग्छ,’ अधिकारीले भने, ‘रेमिट्यान्सको आप्रवाह राम्रै देखिएको छ ।’
बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा सङ्कट नआउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण