शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

शनिबार, १८ कात्तिक २०८०, २० : ३१
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा  प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०–०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । 

निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप