जाजरकोट भूकम्प
जाजरकोट भूकम्प अपडेट : २५३ जना घाइते, १५७ जनाको मृत्यु
आइतबार, १९ कात्तिक २०८०, ०६ : ४२
काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।
यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।
सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण