भूकम्प पीडितका लागि गण्डकी सरकारले १ करोड दिने
आइतबार, १९ कात्तिक २०८०, १० : १९
पोखरा । गण्डकी प्रदेश सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले तत्कालै १ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि कर्णाली प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो,’ उनले भने, ‘एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले सहयोग रकम पठाउने निर्णय गर्यौं ।’
सरकारले शनिबार भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधी सहितको स्वास्थ्यकर्मी टोली पठाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण