आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितका लागि गण्डकी सरकारले १ करोड दिने

आइतबार, १९ कात्तिक २०८०, १० : १९
आइतबार, १९ कात्तिक २०८०

पोखरा । गण्डकी प्रदेश सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले तत्कालै १ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि कर्णाली प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो,’ उनले भने, ‘एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले सहयोग रकम पठाउने निर्णय गर्यौं ।’ 

सरकारले शनिबार भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधी सहितको स्वास्थ्यकर्मी टोली पठाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप