केन्द्रीय बैंकले सोमबार २१ अर्बको ट्रेजरी बोलकबोल गर्ने
आइतबार, १९ कात्तिक २०८०, १४ : ०४
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक २१ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
तथापि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको केन्द्रीय बैंकले १८२ दिनेका लागि ९ अर्ब रुपैयाँ नवीकरण गरिने जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले कात्तिक १३ गते १७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण