४७ वर्षको उमेरमा बिहे गर्दै रणदीप ह्ड्डा
मुम्बई । बलिउड अभिनेता रणदीप हुड्डा बिहे गर्दैछन् । लामो समयदेखिको प्रेमिका लिन लैशरामसँग उनले बिहे गर्न लागेको चर्चा चलिरहेको छ । यो महीनाको अन्त्यमा दुबै बिहेबन्धनमा बाँधिने तयारीमा रहेको भन्दै भारतीय सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।
बिहे गोप्य तरिकाले हुने र बेहुला बेहुलीका परिवारका सदस्य र साथीभाई मात्रै सहभागी हुने बताइएको छ । हुड्डा ४७ वर्षका भए । लामो समयदेखि यिनले ३७ वर्षकी लिनसँग डेटिङ गरिरहेका छन् । तर अहिलेसम्म दुवैले आफ्नो सम्बन्धबारे खुलेर बोलेका छैनन् । गएको वर्षयता दुवैले आ–आफ्नो सामाजिक सञ्जालमा एक अर्काको साथमा फोटोहरु शेयर गर्ने क्रम बढेको छ ।
हुड्डा अहिले वीर सावरकर नामक फिल्मबाट निर्देशनमा डेब्यु गर्ने तयारी गरिरहेका छन् । यो फिल्मको मुख्य भूमिकामा पनि उनी रहनेछन् । लिनले भने ओम शान्ति ओम, म्यारी कोम, रंगुन आदि फिल्म खेलेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण