मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा जनार्दनको युद्धस्तरमा सक्रियता, के के भए गतिविधि ?

सोमबार, २० कात्तिक २०८०, १८ : १३
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकर युद्धस्तरमा विशेष अभियानमा खटिएको नेताहरूले बताएका छन् । साउनको तेस्रो साता राजधानीमा सकिएको केन्द्रीय समिति बैठकले शर्मालाई इन्चार्जको जिम्मेवारी दिएको थियो । 

भदौ १६ बाट जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको निर्णय अनुसार ७५३ वटै पालिकाको ६ हजार ७४३ वडामा माओवादीका नेता तथा कार्यकर्ताहरू परिचालित भएका छन् । 

जिम्मेवारी पाएलगत्तै शर्मा बागमतीका १३ जिल्लामा पुगेर स्थानीय नेता तथा कार्यकर्ता र जनतासँग अन्तर्क्रिया गरेको बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए । कतिपय जिल्लामा दुई/तीन पटकसम्म पुगेको उनले बताए । यस्तै नेता हिमाल शर्माले शार्माको सक्रियताले अभियानको काममा ऊर्जा थपिएको बताए । आफूपनि सक्रिय हुने र अरूलाई पनि सक्रिय हुन निर्देशन दिने गरेको नेता हिमाल शर्माले अनुभव सुनाए । 

‘उहाँको युद्धस्तर गतिविधिले हामी निकै उत्साहित भएका छौँ । उहाँ कार्यसूची बनाएर काम गर्नुहुन्छ । काम आउन नसक्ने भए पहिले नै जानकारी गराउन निर्देशन दिनुहुन्छ । काममा नजाने साथीहरूमाथि अनुशासन कारबाहीसमेत हुने हुँदा बागमतीमा अभियान प्रभावकारी भएको छ’, शर्माले भने । 

शुक्रबार राति शक्तिशाली भूकम्पका कारण जाजरकोट, रुकुम(पश्चिम) लगायत जिल्लामा जनधनको क्षति भएकाले शर्मा अहिले त्यतातिर सक्रिय देखिएका छन् । 

बागमतीमा के-के भए गतिविधि ? 

केन्द्रीय समितिको निर्णय उल्लंघन बागमतीमा नदेखिएको उनले बताए । १३ जिल्ला रहेको बागमती प्रदेशमा अभियानको दैनिक गतिविधि व्यवस्थित निर्देशन दिने गरेका छन् । भदौ १६ देखि असोज २५ गते सम्मका अभियानका सबै गतिविधिको रिर्पोटिङ बागमती प्रदेश कार्यालयमा आइपुगेको छ । रिर्पोट  अनुसार अभियानको क्रममा दुई हजार १०६ वटा सामूहिक अन्तर्क्रिया छलफल तथा भेटघाट भएको छ ।  

श्रमदान,सार्वजनिक सरसफाइ तथा विकास निर्माणको काम ९३८ वटा भएका छन् । यस्ता कार्यक्रम एक लाख ९५ हजार ७९३ जनासम्म पुगेको रिर्पोटमा उल्लेख छ ।  

यस्तै आन्तरिक बैठक, भेला तथा संगठनात्मक सुदृढीकरणका काम २ हजार ७५९, पार्टी सदस्यता नवीकरण –२६ हजार ७७२, नयाँ पार्टी सदस्यता वितरण –६ हजार १९३, जवसका सदस्यता वितरण २२ हजार २६४ जना भएको छ । यसैगरी अभियानको क्रममा आन्तरिक पार्टी तथा जवस संगठन निर्माण तथा सुदृढिकरणमा  एक हजार ३७७ वटा कमिटी गठन भएको विवरणमा उल्लेख छ । 

यस्तै एक हजार ६३१ जनाले विभिन्न दल त्यागी पार्टी प्रवेश गरेको, संगठित पार्टी सदस्य संख्या ५  हजार ८१५ जना भएको, पार्टी सदस्यता जानकारी फारम २५९ जनाले लिएको, टोल ,वडा, पालिका  देखि जवस मोर्चा सम्मको कमिटी निर्माण  भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप