आरती शाहको परिवारलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह
काठमाडौँ । धनुषामा मृत अवस्थामा फेला परेकी आरती शाहको परिवारलाई गृह मन्त्रालयले वार्तामा आउन आग्रह गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिव विजय गौतम सोमबार संवादका लागि आग्रह गर्न माइतीघर मण्डलास्थित धर्नास्थलमा पुगेका हुन् ।
आरती शाहको धनुषामा मृत्यु भएको थियो । मृत्यु शंकास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरुले कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् । खड्का सहितका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमासहित परिवारका सदस्यहरु १ सय ४४ दिनदेखि काठमाडौँमा धर्ना बसिरहेका छन् । यसबारे प्रहरीका डिआईजी विकाशराज खनाल नेतृत्वका टिमले छानबिन गरिरहेको छ ।
आरतीको हत्या गरेको आरोपमा प्रहरीले उनको श्रीमान् र ससुरालाई पक्राउ गरेको थियो । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा छन् । आम जनता पार्टीका कार्यालय सचिव रन्जु कुमारी शाहको पहलमा गृह मन्त्रालय र पीडित परिवारको बीचमा संवादको सुरुवात भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण