हस्त तामाङको परदेशमा विरेन तितुङको निर्देशन
मङ्गलबार, २१ कात्तिक २०८०, ०९ : ३०

काठमाडौँ । गायक हस्त तामाङको नयाँ आधुनिक गीत परदेश सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र हस्त तामाङको स्वर रहेको गीतले पदेशिन बाध्य युवाहरूको पीडा बोल्छ ।
गीतको भिडियोलाई विरेन तितुङले निर्देशन गरेका छन् । भिडियोमा विवाहपछि परदेशिन बाध्य एक युवाको कथालाई निर्देशक तितुङले भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।
हस्त तामाङको आफ्नै शब्द र सङ्गीत रहेको गीतको छायाङ्कन लाक्पा तामाङ र निर्देशक तितुङ स्वयंले गरेका छन् । गीतमा विजय दोङ र रश्मीला तामाङको अभिनय रहेको छ ।
अनिल कुमार महर्जनले सम्पादन गरेको भिडियो एचजी मोशन पिक्चर्स नामक च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई विरेन तितुङले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी : कांग्रेस सांसद भण्डारी
-
टिबी शाह स्मृति यु—१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो उपाधि मधेसलाई
-
सहमतिअनुसारको समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेस गर्न समस्या : एमाले सांसद राई
-
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण
-
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
-
थरुनी बुहारी