हस्त तामाङको परदेशमा विरेन तितुङको निर्देशन
मङ्गलबार, २१ कात्तिक २०८०, ०९ : ३०
काठमाडौँ । गायक हस्त तामाङको नयाँ आधुनिक गीत परदेश सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र हस्त तामाङको स्वर रहेको गीतले पदेशिन बाध्य युवाहरूको पीडा बोल्छ ।
गीतको भिडियोलाई विरेन तितुङले निर्देशन गरेका छन् । भिडियोमा विवाहपछि परदेशिन बाध्य एक युवाको कथालाई निर्देशक तितुङले भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।
हस्त तामाङको आफ्नै शब्द र सङ्गीत रहेको गीतको छायाङ्कन लाक्पा तामाङ र निर्देशक तितुङ स्वयंले गरेका छन् । गीतमा विजय दोङ र रश्मीला तामाङको अभिनय रहेको छ ।
अनिल कुमार महर्जनले सम्पादन गरेको भिडियो एचजी मोशन पिक्चर्स नामक च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई विरेन तितुङले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण