रश्मिकापछि कट्रिनाको भिडियोमा पनि छेडखानी
नयाँ दिल्ली । यति बेला बलिउड दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डीपफेक भिडियोका कारण तरंगित छ । रश्मिकाको कान्ड सेलाउन नपाउँदै कट्रिनाको छेडखानी भएको फोटो अहिले भाइरल बनिरहेको छ । टाइगर ३ को एक दृश्यमा कट्रिनाले तौलियामा बेरिएर एउटा फाइट सिन दिएकी थिइन् ।
सो दृश्यको छायांकन निकै गाह्रो भएको हालै मात्रै कट्रिनाले बताएकी थिइन् । अहिले चर्चामा रहेको सोही सिनको एउटा फोटोमा कसैले छेडखानी गरेर इन्टरनेटमा अपलोड गरिदिएको छ । छेडखानी गरिएको फोटोमा तौलिया बेरिएको हिस्सा हटाएर भित्री वस्त्र देखाइएको छ । यो पनि डिपफेकै काम हो कि होइन भनेर चाँहि खुलासा भएको छैन ।
जारा पटेल नाम गरेकी युवतिको भिडियोमा रश्मिका अनुहार राखेर बनाइएको एउटा भिडियो भाइरल बनेपछि यो प्रविधिप्रतिको चिन्ता र चासो बढेको छ । आफ्नो नक्कली भिडियो बनाउनेलाई कारबाही गर्न रश्मिकाले माग गरेकी छिन् । अभिताभ बच्चन लगायत बलिउड कलाकारहरूले पनि यस मामिलामा कडाइका साथ प्रस्तुत हुन अधिकारीसँग माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण