बलिउडमा डेब्यू गर्दै छन् आमिर खानका छोरा
नयाँ दिल्ली ।बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खान बलिउड डेब्यू गर्दै छन् । आफ्नो बलिउड डेब्युका कारण उनी अहिले हेडलाइनमा छाइरहेका छन् । खबरहरूका अनुसार जुनैद वाईआरएफको फिल्म महाराजाबाट ठूलो पर्दामा प्रवेश गर्दै छन् ।
यो फिल्ममा उनको जोडीको रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी रहने छिन् । यो लभस्टोरी अहिले जोडतोडका साथ शुटिङ भइरहेको छ । यसअघि १५ वटा अडिसनमा फेल भएपछि बल्ल जुनैद माहाराजाका लागि छानिएका हुन् । यो कुरा आमिरले एउटा अन्तरवार्तामा बताएका थिए । जुनैद लामो समयदेखि थिएटरमा काम गरिरहेका थिए ।
आफ्नो छोरालाई लन्च गर्ने इच्छा आमिरलाई कहिले थिएन । प्रतिभा भरपुर भएको कलाकार मात्रै बलिउडमा टिक्न सक्ने भन्दै उनले बताएका थिए । बलिउड डेब्यू अघि जुनैद खान आगामी प्ले ‘स्ट्रिक्टली अनकन्भेन्शनल’मा देखिनेछन् । यो प्लेमा उनले ट्रान्सवुमनको भूमिका निर्वाह गर्दै छन् । यो प्लेको पहिलो शो नोभेम्बरमा १५ मा देखाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण