प्रधानन्यायाधीश लगायत सर्वोच्चका न्यायाधीशले भूकम्प पीडितलाई ७ दिनको तलब सहयोग गर्ने
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् । बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेको हो ।
सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठ लगायत न्यायाधीशहरुले भूकम्प पीडितका लागि सात दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशहरुले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी अदालतका विशिष्ठ श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र अन्य कर्मचारीको १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको छ ।
सहप्रवक्ता घिमिरेका अनुसार तीनै तहका न्यायाधीशबाट करिब ३८ लाख र कर्मचारीको तर्फबाट करिब १ करोड १२ लाख गरी करिब डेढ करोड उपलब्ध गराउने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण