जाजरकोटको राहत सामाग्री रुकुममा ल्याएको छैन : प्रमुख जिल्ला अधिकारी
रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सरकार र सामाजिक संघसस्थाले जाजरकोट पठाएका राहत सामग्री रुकुम पश्चिम आठविसकोट नगरपालिकामा पुर्याएर वितरण गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रामक समाचारप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् ।
समाचारमा भनिएजस्तो राहत सामाग्रीहरूको वितरणका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा समेत कुनै अभिलेख नरहेको र सम्बन्धित आठविसकोठ नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतसँग बुझ्दा सामग्री विवरण नभएको जानकारीमा आएको प्रशासनले जनाएको छ ।
‘जिल्लामा विभिन्न निकायहरूबाट प्राप्त राह सामग्री वितरण जिल्ला प्रशासनमा अभिलेखांकन गरी सम्बन्धित स्थानीय तहहरूमा वितरणका लागि पठाउने गरिएको भन्दै विपतका बेला भ्रम फैलाउनुको साटो बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरका कर्मचारीसहित ८ जना पक्राउ
-
‘मन्त्रीको अमलेटमा काँडा भेटिँदा जरिवाना गर्ने सरकारले सुकुमबासीको खानामा किरा भेटिँदा के गर्छ ?’
-
शान्ति निर्माण निरन्तर संवाद र जनविश्वासबाट मात्र सम्भव
-
अमेरिका–इरान सम्झौताले इरानी आणविक साइटमा पहुँच दिन्छ : आईएईए
-
पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’
-
९५ प्रतिशत स्थानीय सरकारले ल्याए समयमै बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण