नयाँ फिचर ल्याउँदै इन्ष्टाग्राम, म्यासेज पढे–नपढेको थाहा नहुने
काठमाडौँ । सामाजिक सञ्जालक कम्पनी मेटाको भगिनी कम्पनी इन्टाग्रामले नयाँ–नयाँ फिचरमा काम गरिरहेको छ । कम्पनीले अहिले अर्को नयाँ फिचर परीक्षण गरिरहेको छ ।
यो फिचरको मद्दतले इन्ष्टाग्राममा कसैले पनि गरेको डाइरेक्ट म्यासेज तपाईँले पढे नपढेको म्यासेज पठाउनेले पत्तै पाउने छैन । यो फिचर ह्वाट्स एपको रिड रिसिट फिचरसँग मिल्दोजुल्दो छ । अर्थात् यो फिचरले युजरलाई एपको डाइरेक्ट म्यासेजमा रीड रिसीटलाई बन्द गर्ने सुविधा दिनेछ ।
मेटाकै अर्को सहायक कम्पनी ह्वाट्सएपले पहिला नै यस्तो खालको फिचर ल्याइसकेको छ । आफ्नो ब्रोडकाष्ट च्यानलमा एउटा सन्देशमा इन्ष्टाग्रामका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एडम मोसेरीले यो फिचरबारे कुरा गरेका थिए । कम्पनीले डाइरेक्ट म्यासेजमा रीड रीसिटलाई बन्द र चालु गर्ने सुविधा युजरलाई नै दिन एउटा फिचरको परीक्षण गरिरहेको उनले सो सन्देशमा भनेका थिए । रीड रिसीट बन्द गरेपछि युजरले म्यासेज पढेपनि दोस्रो व्यक्तिले थाहा पाउने छैन ।
कहिले हुन्छ लञ्च ?
रीड रिसीटलाई बन्द गर्ने सुविधा दिने फिचर कहिले लञ्च हुन्छ भनेर मोसेरीले केही पनि बताएका छैनन् । यो फिचर उपलब्ध भएपछि युजरको इन्ष्टाग्रामको पाइभेसी सेटिङमा यसलाई देख्न सकिनेछ ।
मोसेरीले शेयर गरेको एपको स्क्रीनशटबाट एपको मेन्यु पनि रिडिजाइनको काम भइरहेको हुन सक्ने देखिएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले पनि आफ्नो ब्रोडकाष्ट च्यानलमा यो नयाँ फिचर परीक्षणको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण