सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल इनफिल्डको 'हन्टर टिकटक च्यालेन्ज'का विजेतालाई पुरस्कार वितरण

शुक्रबार, २४ कात्तिक २०८०, ०९ : ००
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सीसी लाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न हन्टर टिकटक च्यालेन्ज २०२३ कार्यक्रम सम्पन्न गरेको छ । 

गत असोज १९ गतेबाट सञ्चालन भएको यो कार्यक्रमको नतिजा सार्वजनिक गरिएको छ । टिकटक र फेसबुक लाइभ मार्फत नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद हस्तान्तरण गरिएको छ । 

च्यालेनजको नियम अनुरूप ३ जना लाई विजेता घोषणा गरिएको हो । प्रथम पुरस्कार बापत पोखराका पदम लामाले १ लाख नगद जित्न सफल भएका छन् ।

पोखराकै  स्मिता घिमिरेले दोस्रो पुरस्कार बापत ६० हजार नगद जितिन् भने तेस्रो पुरस्कार बापत हेटौडाका रजक शाहीले ४० हजार नगद जित्न सफल भएका छन्  ।

सम्पूर्ण विजेताहरुलाई रोयल इनफिल्डको नक्शाल स्थित शोरुममा मिडियाकर्मीको उपस्थितिमा बिहीबार कम्पनीका निर्देशक मेघराज पौडेलद्वारा चेक हस्तान्तरण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप