रोयल इनफिल्डको 'हन्टर टिकटक च्यालेन्ज'का विजेतालाई पुरस्कार वितरण
काठमाडौँ । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सीसी लाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न हन्टर टिकटक च्यालेन्ज २०२३ कार्यक्रम सम्पन्न गरेको छ ।
गत असोज १९ गतेबाट सञ्चालन भएको यो कार्यक्रमको नतिजा सार्वजनिक गरिएको छ । टिकटक र फेसबुक लाइभ मार्फत नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद हस्तान्तरण गरिएको छ ।
च्यालेनजको नियम अनुरूप ३ जना लाई विजेता घोषणा गरिएको हो । प्रथम पुरस्कार बापत पोखराका पदम लामाले १ लाख नगद जित्न सफल भएका छन् ।
पोखराकै स्मिता घिमिरेले दोस्रो पुरस्कार बापत ६० हजार नगद जितिन् भने तेस्रो पुरस्कार बापत हेटौडाका रजक शाहीले ४० हजार नगद जित्न सफल भएका छन् ।
सम्पूर्ण विजेताहरुलाई रोयल इनफिल्डको नक्शाल स्थित शोरुममा मिडियाकर्मीको उपस्थितिमा बिहीबार कम्पनीका निर्देशक मेघराज पौडेलद्वारा चेक हस्तान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण