सरकारी कोषमा झण्डै एक खर्ब नगद मौज्दात बढ्यो
आइतबार, २६ कात्तिक २०८०, १५ : ५४
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा सरकारी कोषमा झण्डै एक खर्ब रुपैयाँ नगद मौज्दात बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको असोज मसान्तसम्ममा नगद मौज्दात ९९ अर्ब ५३ करोड रुपैयाँले बढेर १ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा सरकारी कोषमा यस्तो नगद मौज्दात जम्मा ७१ अर्ब ९८ करोड रुपैयाँ मात्र रहेको थियो ।
यद्यपि, यो संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनवटै सरकारको विभिन्न बैंक तथा वित्तीय कोषमा रहेको सञ्चित रकम हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व बढेसँगै यता वित्तीय व्यय कम आउँदा नगद मौज्दात बढ्न गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण