सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक बन्द गर्ने निर्णय गलत : गगन थापा

सोमबार, २७ कात्तिक २०८०, १४ : २५
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारी निर्णय गलत भएको बताएका छन् । उनले समाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि  नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उल्लेख गरेका छन् ।

‘ यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने ÷ नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत,अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रताु लाई कुण्ठित गर्ने देखियो।’ थापाले सरकारले यो निर्णय सच्याउनुपर्ने बताएका छन् । उनले लेखेका छन्,‘ सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप