टिकटक बन्द गर्ने निर्णय गलत : गगन थापा
सोमबार, २७ कात्तिक २०८०, १४ : २५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारी निर्णय गलत भएको बताएका छन् । उनले समाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उल्लेख गरेका छन् ।
‘ यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने ÷ नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत,अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रताु लाई कुण्ठित गर्ने देखियो।’ थापाले सरकारले यो निर्णय सच्याउनुपर्ने बताएका छन् । उनले लेखेका छन्,‘ सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण