सिन्धुली कारागारमा कैदीको मृत्यु
बिहीबार, ३० कात्तिक २०८०, १० : ३४
काठमाडौँ । जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका विमल मगर छन् । ३० वर्षीय विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।
भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए । राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए ।
स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन् । सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए । उनले भने–‘पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण