इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि
काठमाडौँ । इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टरको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको छ ।
एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको हो । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघले सम्मेलन मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासचिव रोशन दाहालले ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने रहेको बताए । उनले सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने बताए । सम्मेलनमा स्वदेशका १ सय ५८ र विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुने बताए । उनले पर्यवेक्षकको रुपमा पनि केही प्रतिनिधि सम्मेलनमा सहभागी हुने महासंघले जनाएको छ ।
महासचिव दाहालले सम्मेलबाटै इफाप्का अध्यक्षको कार्यभार अध्यक्ष सिंहले सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघले इफाप्को सम्मेलन यो दोस्रो पटक सञ्चालन गर्न लागेको हो । यसअघि निर्माण व्यवसायी गणेशलाल श्रेष्ठ इपmाप्काको अध्यक्ष रहँदा सम्मेलन सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण