धनगढीमा भीषण आगलागी : सारथि अस्पताल क्षणभरमै ध्वस्त
शनिबार, ०२ मङ्सिर २०८०, ०७ : ५५

धनगढी । धनगढीमा राति भएको भीषण आगलागीले सारथि अस्पताल जलेर ध्वस्त भएको छ ।
नजिककै जुत्ता चप्पलको होलसेल पसलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको सो अस्पताल आगलागीले ध्वस्त बनेको हो ।
अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार अचानक आगलागी हुँदा त्यहाँ उपचाररत आधा दर्जन बिरामीलाई राति नै अन्यत्र सारिएको छ । मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठुलो क्षति भएको जोशीले बताए । आगो निभाउने कार्य जारी रहेको बताउँदै उनले क्षतिको विवरण तत्काल आकलन गर्न गाह्रो भएको बताए ।
आगलागीबाट अन्य आधा दर्जन बढी पसलमा समेत क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म