आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिम जिप दुर्घटना : गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरियो

सोमबार, ०४ मङ्सिर २०८०, १२ : ४३
सोमबार, ०४ मङ्सिर २०८०

सुर्खेत । सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरिएको छ ।  चौरजहारीस्थित मिसल अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरूलाई नेपालगन्ज रिफर गरिएको हो ।

प्रहरीकाअनुसार गम्भीर घाइते चौरजहारी नगरपालिका–१३ की ४ वर्षीय डीला विक र सानोभेरी नगरपालिका–२ का १७ महिनाका बालक प्रतीक बुढालाई एम्बुलेन्समार्फत रिफर गरिएको हो । प्रतीकको दायाँ कुम भाँचिएको छ भने विष्टको टाउको र मुखमा गम्भीर चोट लागेको छ ।

लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो ।

दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए । 

जिपमा चालकसहित २१ जना सवार थिए ।  अन्य गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप