भित्री वस्त्रमा सुनजस्तो पहेँलो धातु लुकाएर ल्याउने विमानस्थलबाट पक्राउ
मङ्गलबार, ०५ मङ्सिर २०८०, १२ : ४९
काठमाडौँ । सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
आगमन गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेटमा जाँच गर्ने क्रममा ३ थान बेरुवा औँठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटम बनाई प्लास्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण