४ जना मृतावस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मृतावस्थामा फेला परेकी छिन् ।
यसैगरी जुम्लाको गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्युठानको प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल पनि सोही ठाउँ बस्ने उनकै देवर आइतराम कुमालको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने २७ वर्षीय निरज खड्की सोही महानगरपालिका-२४ स्थित नागदहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण