प्राप्त उपलब्धि रक्षाका लागि एक हुन प्रधानमन्त्रीको आग्रह
बुधबार, ०६ मङ्सिर २०८०, १६ : १५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गरेका छन् ।
बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सिने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए । उनले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै दुःसाहस, दिवा स्वप्ना र ठूलो विभ्रम फैल्याउने कसरतमा लागेको भएपनि सफल हुन नसक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले जनताका हक अधिकारको लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण