बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

यस्तो छ भारतबाट ल्याइएको १५ वटा मुर्रा, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०६ मङ्सिर २०८०, २१ : ०४
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा नेपाल ल्याइएको छ । बुधबार साँझ नेपालगन्जको रुपैडिया नाका हुँदै राँगा नेपाल भित्र्याइएको हो । 

नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा विनय कुमार कर्णले १५ वटा राँगा दुई वटा ट्रकमा ल्याइएको जानकारी दिए ।  नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखेर स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै तिनलाई देशका विभिन्न स्थानमा पठाइने उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका गएको बेला १५ वटा राँगा नेपाललाई दिने सार्वजनिक गरिएको थियो । त्यसयता विभिन्न चरण पुरा भएपछि अन्ततः आज राँगा ल्याइएको हो ।

muraa-rango (1)muraa-rango (2)muraa-rango (3)muraa-rango (5)muraa-rango (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप