ट्रम्पको ‘युद्ध अन्त्य’ को दाबीमाथि इरानी कट्टरपन्थी नेताको आशंका
सारांश
- इरानका वरिष्ठ सांसद इब्राहिम रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अन्त्यको दाबीलाई अविश्वसनीय र सम्भावित छलपूर्ण भनेका छन् ।
- रेजाईले ट्रम्पले शान्त पार्न मात्र यस्तो अभिव्यक्ति दिएको र इरानले सैन्य कारबाही जारी राख्नुपर्नेमा जोड दिएका छन् ।
- उनले इरानलाई शत्रुको पूर्वाधार र आर्थिक केन्द्रमा कडा प्रहार गर्न आह्वान गरेका छन् ।
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अन्त्यका लागि अमेरिका–इरान महान् सम्झौता नजिक पुगेको दाबीलाई इरानका वरिष्ठ कट्टरपन्थी सांसद इब्राहिम रेजाईले अविश्वसनीय र सम्भावित छलपूर्ण भएको बताएका छन् ।
रेजाईले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पले अहिलेको अवस्थालाई शान्त राख्न मात्र यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताए । ट्रम्पले धोका दिन खोजेको सम्भावना उच्च रहेको भन्दै इरानले आफ्नो सैन्य कारबाही जारी राख्नुपर्नेमा उनले जोड दिए ।
उनले इरानलाई शत्रुको पूर्वाधार, आर्थिक केन्द्र तथा क्षेत्रीय कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी संरचनामा अझ कडा प्रहार गर्न आह्वान गर्दै त्यसबाट विरोधी पक्षले बढी पीडा महसुस गर्ने दाबी गरे ।
यसअघि बिहीबार राति ट्रम्पले आफूले इरानसँगको युद्ध अन्त्य गराएको र महान् सम्झौता हासिल भएको बताएका थिए । तर त्यसको केही घण्टाअघि मात्रै उनले इरानमाथि अत्यन्त कडा आक्रमण गर्ने चेतावनी दिएका थिए र इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग टापुलाई निशाना बनाउने सङ्केत गरेका थिए । पछि उनले त्यस्ता योजनाबद्ध आक्रमणहरू रद्द गरेको बताए ।
रेजाईले अर्को सन्देशमा अमेरिकालाई खर्ग टापुमा आक्रमण नगर्न चेतावनी दिँदै उनीहरू आए जीवित फर्किने बताएका थिए । खर्ग टापु इरानको आर्थिक जीवनरेखा मानिन्छ । इरानको करिब ९० प्रतिशत कच्चा तेल निर्यात यही टापुमार्फत हुने भएकाले यसको रणनीतिक महत्त्व अत्यन्त धेरै छ ।
सम्झौताबारे ट्रम्पको दाबीमाथि शंका गर्नेमा रेजाई एक मात्रै नेता होइनन् । इरानका अन्य कट्टरपन्थी समूहहरूले पनि ट्रम्प र अमेरिकाप्रति अविश्वास व्यक्त गर्दै आएका छन् । विशेषगरी जेबे–ये पयदारी (एन्ड्युरेन्स फ्रन्ट) नामक प्रभावशाली कट्टरपन्थी समूहले अमेरिकासँगको सम्भावित सम्झौतालाई आत्मसमर्पणसरह ठान्दै त्यसको विरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रदेश अधिवेशनस्थल बाहिर ‘जेन्जी आन्दोलन दबाब समूह’ को धर्ना
-
ट्रम्पको युद्ध अन्त्य घोषणापछि सुन र तेलको मूल्यमा 'यू-टर्न'
-
‘अहिलेको बजेटले २५ वर्षमा पनि राष्ट्रिय गौरवका आयोजना सकिँदैनन्’
-
चिया, दूध र सुपारी किसानका समस्या समाधान गर्न कांग्रेस सचेतक राईको माग
-
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
-
चीन भ्रमणको कूटनीतिक टेबलमा ‘लिपुलेक–कालापानी’ उच्चारण गर्न खुश्बुको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण