यी हुन् राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी

काठमाडौँ । सरकारले कर दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ । व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो ।
देशमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर्ने लक्ष्यसहित करदातालाई सम्मानित गरिन्छ । आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान दिइएको छ ।
विभागका अनुसार व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिर्नेको सूचीमा विजयबहादुर शाह छन् । उनी यही विधामा सम्मानित समेत भए । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका सञ्चालक शाह हिमालयन डिष्टिलरिजका अध्यक्ष समेत हुन् । यसबाहेक उनको लगानीमा एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी लगायतका कम्पनी छन् ।
यस्तै, राज ब्रुअरी, जेजीआई डिस्ट्रिब्यूसन, फुड एन्ड बेभरेज लगायतका कम्पनी छन् । राज्यलाई सबैभन्दा धेरै व्यक्तिगत आयकर बुझाएकाले उनलाई सरकारले सम्मान गरेको हो । उनलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले सम्मानित गरे । यस्तै, सूर्य नेपालले भने दुई विधामा सम्मान पाएको छ । सूर्य नेपालले लगातार ५ वर्षदेखि सबैभन्दा धेरै कर तिर्ने कम्पनी र सबैभन्दा धेरै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशूल्क तिर्ने कम्पनीका रुपमा सम्मानित भएको हो ।
यस्तै, संस्थागततर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । यसबाहेक, कृषितर्फ ओसीबी फिड एन्ड फिड्स सम्मानित भएको छ ।
बैङ्कतर्फ सबैभन्दा धेरै कर तिर्ने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । यस्तै, छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् । यस्तै,मनकामना केबलकार, भाटभटेनी सुपर मार्केट समेत सम्मानित भएका छन् ।
सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएर कर तिर्ने कम्पनीको सूचीमा आईएमई रेमिट् पर्दा ऊर्जामा भोटेकोसी जलविद्युत आयोजना सम्मानित भयो । यस्तै, नेपाल स्टक एक्सचेन्जले मध्यम स्तरीय करदातामध्ये सबैभन्दा धेरै कर बुझाएको सम्मान पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस
-
ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या
-
झगडै झगडामा ढुङ्गाले टाउकोमा हानेर श्रीमतीको हत्या
-
‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?