सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

बिहीबार, ०७ मङ्सिर २०८०, १४ : ४३
बिहीबार, ०७ मङ्सिर २०८०

चितवन । नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे । 

तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भई हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप